आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडाैं | चैत १७, २०८१

आगजनी तथा लुटपाटप्रति चेम्बरको भर्त्सना

काठमाडौं:   शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ । 


यस्ता उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धराशायी बनाउने भएकाले संयमित हुन पनि चेम्बरले आग्रह गरेको छ ।

    
प्रदर्शनका क्रममा आम नागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको चेम्बरले उल्लेख गरेको छ । उक्त घटनाका पीडितलाई क्षतिपूर्तिको माग पनि निजी क्षेत्रले गरेको छ ।

    
“सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमासमेत क्षति पुगेको छ । यस्ता खाले हिंसात्मक घटनाको घोर निन्दा र भर्त्सना गर्दै चेम्बर अफ कमर्स शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राख्दछ”, विज्ञप्तिमा भनिएको छ ।

    
यसअघि निजी क्षेत्रका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले पनि उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरिसकेका छन् ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्